मंगलबार, भदौ ९, २०८३

जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध

महोत्तरीको रातो खोलाले बाटो कटान गरेपछि जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध भएको छ ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

महोत्तरीको रातो खोलाले बाटो कटान गरेपछि जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका¬–३ मडै स्थित रातो खोलाले कटान गरेपछि सो सडकखण्ड अवरुद्ध भएको हो ।

जिल्ला सदरमुकाम जलेश्वरबाट मडै, रौजा हुँदै बर्दिबाससम्म पुग्ने यस सडकखण्ड अवरुद्ध भएपछि दैनिक आवतजावत गर्ने सवारीसाधन ठप्प भएको छ ।

चार दिनदेखिको अविरल वर्षाका कारण जिल्लाको विभिन्न तीनवटा स्थानीय तहको २१ वटा घर भत्किँदा रु दश लाखको क्षति भएको छ । प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्टका अनुसार मनराशिस्वा नगरपालिका–२ मा आठ, ८ मा आठ र १० मा तीन घर पूर्ण रुपमा भत्किएको छ ।

त्यस्तै जलेश्वर नगरपालिका–१२ मा एक घर र एकडारा गाउँपालिकामा एक घर पूर्ण रुपमा भत्किएको छ । यसरी तीनवटा स्थानीय तहमा २१ वटा घर भत्किँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा तथा नगद र अन्य सामग्री गरी जम्मा रु नौ लाख ६० हजार मूल्य बराबरको क्षति भएको जनाइएको छ ।

रासस

प्रकाशित: Jul 12, 2020| 14:59 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।