काठमाडौं- सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी बालबालिकाको जन्मदर्ता भएको पाइएको छ। केन्द्रीय तथ्यांक विभागको नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ अनुसार सुदूरपश्चिममा ५ वर्षमुनिका ८९.१ प्रतिशत बालबालिकाको जन्मदर्ता गरिएको छ।
सबैभन्दा कम वागमती प्रदेशमा ७०.८ प्रतिशत बालबालिकाको जन्म दर्ता भएको छ।
दोस्रोमा कर्णाली प्रदेश छ, जहाँ ८४.४ प्रतिशत बालबालिकाको जन्म दर्ता गरिएको छ।
प्रदेश १ मा ७८.५, प्रदेश ५ मा ७६.७, प्रदेश १ मा ७६.१ र गण्डकीमा ७३.८ प्रतिशत बालबालिकाको जन्म दर्ता गरिएको विभागकाे तथ्यांकमा उल्लेख छ।
