काठमाडौं– नेपालको ८९.९ प्रतिशत घरपरिवारमा विद्युत सेवाको पहुँच पुगेको छ।
केन्द्रीय तथ्यांक विभागले गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण’अनुसार सबैभन्दा धेरै गण्डकी प्रदेशका ९८.९ प्रतिशत घरमा विद्युत् पुगेको छ।
त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशका ४४.६ प्रतिशत घरपरिवारमा मात्रै विद्युत् पहुँच छ।
त्यस्तै ९६.२ प्रतिशत घरपरिवारमा मोबाइल वा ल्याण्डलाइन टेलिफोन सेवाको पहुँच छ।
बागमती प्रदेशका ९८ प्रतिशत घरपरिवारमा र कर्णाली प्रदेशका ९३.६ प्रतिशत घरपरिवारमा टेलिफोन सुविधा छ।
