काठमाडौं– नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ। ‘नाफा–घाटा जान्दैनौँ, मूल्य वृद्धि मान्दैनौँ’ भन्दै नेविसंघले आइतबार काठमाडौंको बबरमहलमा प्रदर्शन गरेका हुन्।
अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा नेविसंघले बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। उनीहरुले निगमको कार्यालय घेराउ गरी नारा लगाएका हुन्।
सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाउँदा सर्वसाधारण जनता मारमा परेकाले तत्काल मूल्यवृद्धि फिर्ता लिनुपर्ने उनीहरुको माग छ।
सरकारले पछिल्लो पटक शुक्रबार पेट्रोलियम पदार्थको मूल्य बढाएर पेट्रोलको प्रतिलिटर १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ८८ रुपैयाँ तोकेको छ।
