सुर्खेत- जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासतमा रहेका एक जना थुनुवामा कोरोना देखिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले हिरासतमा रहेका ३६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।
संक्रमितलाई हाल आइसोलेसनमा राखिएको छ। उनीबाट पीडित र पीडितका परिवारसहित सम्पर्कमा रहेको आफन्त तथा प्रहरीसहित २२ जनाको कोरोना परीक्षण गर्न स्वाब संकलन गरी प्रयोशालामा पठाइएको छ।
कोरोना पुष्टि भएका थुनुवा असार १४ गते हाडनाता करणीको अभियोगमा पक्राउ परेका थिए। असार १४ गते पीडितको उजुरीका आधारमा पक्राउ परेका उनलाई हिरासतमा राख्नुअघि आरडीटी परीक्षण गर्दा नेगेटिभ देखिएको थियो।
उनको पीसीआर परीक्षण गर्दा २६ गते कोरोना पुष्टि भएको प्रहरीले जनाएको छ।
