मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जग्गाको कित्ताकाट खुला गर्न रियलस्टेट व्यवसायीको माग

जग्गाको कित्ताकाट खुला गर्न रियलस्टेट व्यवसायीको माग

पोखरा– लकडाउन खुकुलो गरेसँगै केही व्यवसायहरु सञ्चालनमा आएका छन् ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

पोखरा– लकडाउन खुकुलो गरेसँगै केही व्यवसायहरु सञ्चालनमा आएका छन् ।

लकडाउनले जग्गा सम्बन्धि कारोबार गर्ने (रियलस्टेट) व्यवसायीहरुलाई समेत प्रभाव पारेको छ । विगत ४ वर्षदेखि जग्गाको कित्ताकाटमा रोक लगाई राज्यबाटै व्यवसाय धराप भइरहेका बेला कोरोना महामारीले थप पीडा थपेको पोखराका रियलस्टेट व्यवसायीले बताएका छन् ।

आइतबार पोखरामा पत्रकार सम्मलेन आयोजना गर्दै गण्डकी जग्गा तथा आवास विकास संघले कोरोना महामारीका कारण संस्था र कम्पनीको अर्बौको लगानी निष्कृय भई तरलतामा समेत असर परेको जानकारी गराएको छ । व्यवस्थित शहरीकरणका नाममा खेती योग्य जग्गामा असर नपुग्ने गरी आफूहरुले संस्थागत हिसाबले काम गरिरहेको व्यवसायीहरु बताउँछन् ।

अन्य राज्यले व्यवस्थित शहरीकरण गर्न रियलस्टेटलाई अन्य उद्योग व्यवसाय सरह मान्यता दिएको र प्रोत्साहन समेत गरेको समयमा नेपालमा भने ठिक उल्टो भएको व्यवसायीहरुले गुनासो पोखेका छन् । अव्यवस्थित शहरीकरण र स्याटेलाईट सिटीको निर्माण रियलस्टेट व्यवसाय बिना सम्भव नरहेको उनीहरुको भनाइ छ ।

कित्ताकाट सहज बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई १० बुँदे निर्देशन दिए पनि पालना नहुनुमा केही स्वार्थ समूहको चलखेल रहेको व्यवसायीहरुको ठहर छ ।

गण्डकी जग्गा तथा आवास विकास संघका अध्यक्ष अरुण स्तोम त्रिपाठी भन्छन्, ‘हामी जथाभावी कित्ताकाटको पक्षमा छैनौं । खेती योग्य जमिनमा बस्ती बसाल्न हुँदैन भन्नेमा हामी स्पष्ट छौं । कित्ताकाट रोक्दैमा मानिसको व्यवस्थित र सुरक्षित शहरमा बस्ने चाहना रोक्न सकिँदैन । हामी रियलस्टेट, हाउजिङ्ग र अर्पाटमेन्टको लागि निश्चि मापदण्ड कायम गरियोस् भन्ने पक्षमा छौं । मापदण्डका आधारमा कित्ताकाट खुल्ला गरी रियलस्टेट व्यवसायको प्रवद्र्धन गर्दै व्यवस्थित शहर निर्माण पहल गर्न हाम्रो माग हो ।’

नेपालको रियलस्टेट क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कुल लगानीमध्ये करिब १० प्रतिशत भन्दा बढी लगानी रहेको उनले जानकारी गराए । यति ठूलो लगानी भएको क्षेत्रले राजस्व, रोजगारी सृजना तथा अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो योगदान दिएको उनको भनाइ थियो । संघका निवर्तमान अध्यक्ष अर्जुन पोखरेलले कित्ताकाट नै रोकिँदा व्यवसाय चौपट भएको बताएका छन् ।

उनले ४ वर्ष समयको बिचमा आफूहरुले मन्त्रालय सँगै पोखरा महानगरमा समेत पटकपटक ताकेता गरे पनि सुनवाई नभएको गुनासो पोखे । कित्ताकाटमा रोक लगाउँदा र कोभिड १९ को प्रभावले बैंकबाट लिएको कर्जाको किस्ता र ब्याज समेत तिर्न नसक्ने अवस्था आएको उनले बताए । बैंक तथा वित्तीय संस्थाहरुलाई विषम परिस्थतिमा कर्जाको रिइन्स्टलमेन्ट गर्न र ब्याजमा छुट दिन उनले आग्रह गरेका छन् ।

२०६१ सालमा स्थापना गरिएको गण्डकी जग्गा तथा आवास विकास संघमा १८० जना व्यवसायी आबद्ध छन् । ५ अर्ब भन्दा बढी लगानी रहेको सो क्षेत्रमा ३ अर्ब जति बैंक तथा वित्तीय संस्थाको लगानी छ ।

प्रकाशित: Jul 12, 2020| 12:39 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्