मंगलबार, भदौ ९, २०८३

कोरोनाबाट विश्वभर १८३ नेपालीको मृत्यु

कोभिड–१९ संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या १८३ पुगेको छ। नेपालभित्र ३८ जना र नेपालबाहिर १४३ जनाको मृत्यु भएको हो।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

काठमाडौं- कोभिड–१९ संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या १८३ पुगेको छ। नेपालभित्र ३८ जना र नेपालबाहिर १४३ जनाको मृत्यु भएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएन) ले विभिन्न देशमा कोरोना भाइरस संक्रमणबाट १ सय ४३ जना नेपालीको ज्यान गएको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म नेपालभित्र कोरोना भाइरस संक्रलमणबाट ३८ जनाको ज्यान गएको छ।

विश्वभर ४६ हजार ३ सय ४६ नेपालीमा कोभिड १९ को पुष्टि भएको छ। तीमध्ये ३५ हजार ८ सय ४ जना कोरोना मुक्त भएका छन्।

विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या र संक्रमणको दरमा कमी आएको छ। विदेशमा कुल संक्रमितमध्ये ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएका छन् ।

शनिबार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जना मध्ये २७ हजार ३ सय ६२ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघ (एनआरएन) ले जनाएको छ ।

एनआरएन स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार अस्ट्रेलिया, पोल्यान्ड, कतार, साउदी अरेबियामा रहेका नेपालीमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा वृद्धि भएको छ।

२६ हजार ३ सय ९६ को उद्धार

लकडाउन अवधिमा २६ हजार ३ सय ९६ जना नेपालीको उद्धार गरिएको छ। सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपालीको उद्धार गरिएको हो।

उनीहरूलाई विभिन्न एयरलाइन्सका १ सय ४९ उडानमार्फत उद्धार गरिएको थियो।

संयुक्त अरब एमिरेट्स (युएई) बाट ५ हजार ५ सय २७ सय जनाको उद्धार भएको छ। कुवेतमा आममाफी पाएका र अन्य अलपत्र गरी ५ हजार २ सय ४३ जनाको उद्धार गरिएको छ। यस्तै साउदी अरेबियाबाट ४ हजार ३० जना, कतारबाट २ हजार ८ सय ८४ जनाको उद्धार भएको छ।

अफगानिस्तानबाट १८, अस्ट्रेलियाबाट ४८३, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्यान्डबाट ३२६ नेपालीको उद्धार गरिएको छ।

दक्षिण कोरियाबाट ४७६, बंगलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, श्रीलंकाबाट ५, सिंगापुरबाट १४६, हङकङबाट ८९, बहराइनबाट ५६७, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७ र चीनबाट १०५ जनालाई स्वदेश फर्किएका छन्। 

शनिबार मात्रै विभिन्न मुलुकबाट १ हजार ३ सय ८१ जना स्वदेश फर्किएका छन् ।

१ सय ५७ शव परिवारको जिम्मा

लकडाउन अवधिमा १ सय ५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ। विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ६ जनामध्ये १ सय ४६ जनाको परिवारको सहमतिमा देशमा अन्त्येष्टि गरिएको छ।

विदेशबाट अझै १ सय ९ वटा शव नेपाल ल्याउन बाँकी छ।

प्रकाशित: Jul 12, 2020| 12:20 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।