काठमाडौं- सुनको मूल्य आज (आइतबार) सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ कायम भएको छ। गत शनिबार यसको मूल्य ९२ हजार २०० रुपैयाँ तोकिएको थियो।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा सय रुपैयाँ घटेर ९१ हजार ६६० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य भने प्रतितोला ९८० रुपैयाँमा यथावत छ।
