मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संखुवासभामा मध्यराति पहिरोले ७ घर बगाउँदा ११ जना बेपत्ता

संखुवासभामा मध्यराति पहिरोले ७ घर बगाउँदा ११ जना बेपत्ता

संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा पहिरोले सात घर बगाउँदा ११ जना बेपत्ता भएका छन् ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा पहिरोले सात घर बगाउँदा ११ जना बेपत्ता भएका छन् ।

सिसुवाखोलास्थित बेसिन्दा गाउँमा शनिबार मध्यराति पहिरोले घर बगाउँदा सुतिराखेका ११ जना बेपत्ता भएका हुन् ।
अहिले पनि पानी परिराखेका कारण बेपत्ताहरुको खोजी गर्न नसकिएको सिलिचोङ गाँउपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए।

उनका अनुसार अहिलेसम्म घटनास्थलमा प्रहरीको टोली पुगेको छैन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार घटनास्थलतर्फ प्रहरी टोली बिहानै हिडेपनि अझै पुग्न सकेको छैन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: Jul 12, 2020| 08:49 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।