लागतार परेको वर्षासँगै आएको बाढीले बगाउँदा उदयपुर र झापामा दुइ जनाको मृत्यु भएको छ ।
त्रियुगा नगरपालिका-९ गैरुन बस्ने बर्ष ६० का मानन चौधरीलाई त्रियुगा नदी तर्ने क्रममा बगाएको उदयपुर प्रहरीले जनाएको छ ।
उनी देउरीबाट आफ्नो घर गैरुन फर्कदै थिए । उनको शव १ किलोमिटर तल फेला परेको बताइएको छ ।
यसैगरि विरिङ खोलामा आएको बाढीले बगाउँदा झापामा एक युवाको मृत्यु भएको छ भने मेची नदीले बगाउँदा एक जना बेपत्ता भएका छन्।
झापा गाउँपालिका– ५ का ३५ वर्षीय राजेश गणेशलाई विरिङ खोलाले बगाएर मृत्यु भएको हो।
उता मेची नदीले बगाएर भद्रपुर– ३ नाउँगाउँका ३३ वर्षीय हिरण राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
