मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अझै तीन दिन भारी वर्षा हुने, आज यी क्षेत्रमा आउँदैछ बाढी

अझै तीन दिन भारी वर्षा हुने, आज यी क्षेत्रमा आउँदैछ बाढी

मनसुन सक्रिय भएसँगै शुक्रबारदेखि सुरु भएको भारी वर्षाको क्रम अझै तीन दिन जारी रहने भएको छ ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

काठमाडौं- मनसुन सक्रिय भएसँगै शुक्रबारदेखि सुरु भएको भारी वर्षाको क्रम अझै तीन दिन जारी रहने भएको छ ।

आगामी मंगलबारसम्म देशका विभिन्न भागको मौसम बद्लि भइ भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज (आइतबार) देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र प्रदेश १, प्रदेश २, बाग्मति प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेश, प्रदेश ५ का एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

सोमाबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ तथा प्रदेश २ थोरै स्थानहरुमा र बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मंगलबार देशका धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने छ भने प्रदेश १ र प्रदेश २ थोरै स्थानहरुमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारी वर्षासँगै विभिन्न तराईमा बाढी र पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ । बाढी पहिरोका कारण सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

यी स्थानमा बाढीको जोखिम

भारी वर्षासँगै आज प्रदेश नम्बर १, २ र ५ का विभिन्न स्थानमा रहेका खोलाहरुमा बाढी आउने भएकाले सतर्क रहन बाढी पूर्वानुमा शाखाले अपिल गरेको छ ।

शाखाका अनुसार आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, चितवन, मकवानपुर र प्रदेश २ का सबै जिल्लामा भारी वर्षा हुनुका साथै उक्त क्षेत्रका नदी तथा खहरे खोलामा बाढी आउने छ ।

विरिङ, निन्दा, कन्काई, मावा, रतुवा, लोहन्द्रा, चिसाङखोला, बुढीखोला, सुनसरी खोला, माउली, त्रियुगा, खाडो, बलन, खुट्टी, चुरियाखोला, बकैया नदिमा को तटिय क्षेत्र खतराको तहसम्म बाढी आउने बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

प्रकाशित: Jul 12, 2020| 07:43 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।