शुक्रबार, फागुन २९, २०८२

अन्ततः ट्रम्पले लगाए मास्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक मास्क लगाएर देखा परेका छन्। कोरोना भाइरस महामारीयता उनले पहिलोपल्ट सार्वजनिक स्थलमा मास्क लगाएका हुन्।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक मास्क लगाएर देखा परेका छन्। कोरोना भाइरस महामारीयता उनले पहिलोपल्ट सार्वजनिक स्थलमा मास्क लगाएका हुन्।

National life

ट्रम्प घाइते सैनिकलाई भेट्न वाल्टर रिट नेशनल मिलिटरी मेडिकल सेन्टर पुगेका थिए। अस्पतालमा घाइते सैनिक भेट्न आउँदा मास्क लगाउनु ठूलो काम भएको उनले बताएका छन्।

आफू कहिल्यै मास्क विरोधी नभएको प्रष्टीकरण दिँदै ट्रम्पले स्थान विशेष र निश्चित समयमा मात्र यो आवश्यक पर्ने तर्क गरेका छन्। अस्पताल जाँदा ट्रम्पसँगै रहेका कर्मचारीले पनि मास्क लगाएका थिए।

ट्रम्पले यसअघि आफ्नै प्रशासनका स्वास्थ्य विज्ञहरुले मास्क लगाउन गरेको अनुरोधलाई टेरेका थिएनन्। कोरोनाले उग्र रुप लिँदा पनि मास्कको विपक्षमा देखिएका ट्रम्पलाई उनका सहयोगीहरुले निरन्तर मास्क लगाउन आग्रह गरेका थिए।

प्रकाशित: Jul 12, 2020| 06:44 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।