मंगलबार, भदौ ९, २०८३

रसुवागढी नाकामा भन्सार प्रक्रिया शुरू

रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्रीको भन्सार प्रक्रिया शुरू भएको छ ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्रीको भन्सार प्रक्रिया शुरू भएको छ ।

सामान बोकेका ४० कन्टेनर भन्सार हातामा प्रवेश गरिसकेको र तिनको भन्सार शुल्क असूली एवं जाँचपासको प्रक्रिया अगाडि बढाइएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए ।

आयात भएका सामानमा जुत्ता, चप्पल, लत्ताकपडालगायत रहेको बताइएको छ । चीनको वुहान शहरमा सङ्क्रमण शुरू भएको कोभिड –१९ नियन्त्रणका लागि गत माघ १५ गतेदेखि आवतजावतसमेत बन्द गरिएको रसुवागढी नाकाबाट दुवै देशका छिमेकी अधिकारीबीच आपसी सल्लाहबाट स्वास्थ्यको उच्च सतर्कता अपनाई सामान आयात गर्न थालिएको भन्सार कार्यालयले जनाएको छ ।

आयात भएका सामग्री सहज ढुवानीका लागि वर्षाको भलपानीले अवरूद्ध स्याफ्रुबेँसी– टिमुरे खण्डको राजमार्ग दिनहुँ सफा गर्ने काम भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए।

दैनिक सरदर रु तीन करोड राजश्व आय हुने रसुवागढी क्षेत्रमा कोभिड –१९ का कारण हालसम्म करीब रु पाँच अर्ब राज्यकोषलाई घाटा परिसकेको जनाइएको छ ।

प्रकाशित: Jul 12, 2020| 06:31 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्