मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण, जया र ऐश्वर्याको रिपोर्ट आउन बाँकी

अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण, जया र ऐश्वर्याको रिपोर्ट आउन बाँकी

शनिबार अबेर राति रिपोर्ट पोजेटिभ आएपछि दुवै जनालाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

प्रख्यात बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना भाइरसको संक्रमण भएको छ।

शनिबार अबेर राति रिपोर्ट पोजेटिभ आएपछि दुवै जनालाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ।

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार अमिताभ पत्नी जया बच्चन र अभिषेक पत्नी ऐश्वर्या राय बच्चनको पनि कोरोना परीक्षण गरिएको छ। उनीहरुको रिपोर्ट आज आउनेछ।

शनिबार राति ट्विट गर्दै अमिताभले आफू कोरोना पोजेटिभ भएको जानकारी दिएका थिए। आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना जाँच गराउन उनले आग्रह गरेका छन्।

अभिषेकले पनि आफू कोरोना पोजेटिभ भएको ट्विटरबाटै जानकारी दिएका छन्। आफू र पिता अमिताभलाई कोरोनाको सामान्य लक्षण देखिएको उनले जानकारी दिएका छन्।

७७ वर्षिय अमिताभ विगत ५ दशकदेखि बलिउडमा सक्रिय छन्। उनले दुई सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। अभिषेकले पनि ५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन्।

प्रकाशित: Jul 12, 2020| 05:55 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।