काठमाडौं- चर्चित भारतिय अभिनेता अमिताभ बच्चन कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
उनी स्वयमले राति करिब ११ बजे तिर ट्विट गर्दै आफू कोरोनाबाट संक्रमित भएको जानकारी गराएका हुन् ।
उनले ट्विटरमा लेखेका छन्– 'मलाई कोरोना संक्रमण देखिएको छ। अहिले अस्पताल भर्ना भएको छु । मेरा परिवारका सदस्य र कामदारहरुको पनि कोरोना टेस्ट गरिएको छ । तर उनीहरुको अहिलेसम्म रिपोर्ट आएको छैन् ।'
सुपरस्टार बच्चनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गर्न अनुरोध गरेका छन् । उनलाई मुम्वइको नानावती अस्पतालमा भर्ना गरिएको छ ।
बच्चन सन् २०१९ को अक्टूबर महिनामा बिरामी भएका थिए । त्यस यता स्वास्थ्यमा कुनै खराबी देखिएको थिएन् ।
