काठमाडौं- अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना डाक्टरहरुलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती लगायतका छन्।
मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरी काठमाडौं ल्याउदैँ गरेको प्रहरी स्रोतले जनाएको छ।
कलेजले एक जना नेपाली नागरिकलाई भारतीय बनाएर मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको ब्युरो स्रोतले जनाएको छ।
प्रहरीले जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ, उनको परिचय भने खुलेको छैन।
