मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीको राष्ट्रियताको मुद्दा कागजी बाघ मात्रै : वरिष्ठ नेता पौडेल

ओलीको राष्ट्रियताको मुद्दा कागजी बाघ मात्रै : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको आरोप लगाएका छन्।
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको आरोप लगाएका छन्।

गण्डकी प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसँगको अर्चुअल बैठकमा नेता पौडेलले ओली राष्ट्रियताको मुद्दालाई ओलीले कागजी बाघ मात्र बनाएको बताए। उनले प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई कागजी बाघ बनाएकाले नेपाली भूमी फिर्ता गर्न नसक्ने बताए।

वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरुको राष्ट्रियता मात्र नभएर समाजवाद पनि कागजी बाघ भएको बताए। उनले कम्युनिष्टहरुले भन्ने समाजवाद, समानता तर काम भने भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने गरेको बताए।

पौडेलले गरिबी, अशिक्षा, तथा महामारी रोक्न कम्युनिष्ट सरकार असफल भएको बताए। कम्युनिष्टहरुले जनतालाई झुक्याउने अनि सत्ता हत्याउने जालझेल भन्दा अरु कुनै काम गर्ने ढंग नभएको पौडेलको भनाइ थियो।

पौडेलले कांग्रेसको १४ औं महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न आम नेता कार्यकर्तालाई उनले आग्रह गरे।

पौडेलले फागुनमा महाधिवेशन गर्न प्रयाप्त समय भएको बताउदै कतै महाधिवेशन नगराउनेहरु सक्रिय हुन्छ किन भन्नेमा खबरदारी गर्न आग्रह गरे। उनले क्रियाशील सदस्य वितरण गरेको दुई महिनामा सवै स्थानीय अधिवेशन सम्पन्न हुने स्पष्ट पारे।

पौडेलले पहिलो संविधानसभाको पालामा तत्कालिन सभामुख र प्रधानमन्त्रीले व्यवस्थाको बदनाम गराउनका लागि प्रधानमन्त्रीको चुनाव १७–१७ पटक गराएको बताउदै उनीहरुले नै आफ्नो पनि बदनाम गराएको बताए।

पौडेलले कम्युनिष्ट सिद्धान्त भएका सभामुख र प्रधानमन्त्रीले संसदीय व्यवस्थाको बदनाम गराउनका लागि आफ्नो र व्यवस्थाको बदनाम गराउने प्रधानमन्त्री चुनाव १७ पटक गराएको बताए।

प्रकाशित: Jul 11, 2020| 19:38 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।