मंगलबार, भदौ ९, २०८३

शिक्षिकाले मनाइन् वृद्धाश्रममा जन्मदिन

भैरहवा– होटल तथा रेष्टुरेन्टहरुमा तामझामका साथ मनाइने जन्म दिन आजभोलि वृद्धाश्रम, अनाथाश्रमहरुमा मनाउने चलन पनि छ। यसरी मनाउनेमा युवाहरु पनि छन्।
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

भैरहवा– होटल तथा रेष्टुरेन्टहरुमा तामझामका साथ मनाइने जन्म दिन आजभोलि वृद्धाश्रम, अनाथाश्रमहरुमा मनाउने चलन पनि छ। यसरी मनाउनेमा युवाहरु पनि छन्।

यसैबीच शनिबार रुपन्देहीको एक सामुदायिक विद्यालयकी शिक्षिका तिर्था अर्यालले सत्यसाई वृद्ध सेवा आश्रम भैरहवामा आश्रय लिएर बसेका वृद्धवृद्धाहरुसँग आफ्नो जन्मदिन मनाएकी छन् ।

उनले आश्रममा रहेका १६ जना बुबाआमालाई केक खुवाएर आशिर्वाद लिइन्। बेसहारा भएर वृद्धाश्रममा बसेकाहरुले खुसी भएर अर्याललाई आशिर्वाद दिएका थिए। अर्यालले गत वर्षको जन्मदिन भीम अस्पतालमा बिरामीसँग मनाएको सुनाइन्।

अर्यालले बुबाआमालाई केही दिनलाई पुग्ने खाद्यान्न पनि सहयोग गरेको आश्रम सञ्चालक समिति अध्यक्ष माया खरालले बताइन् ।

२०५९ सालमा स्थापना भएको उक्त आश्रममा काठमाडांैका ४ जना, भैरहवाका ५ जना, स्यांग्जा, पाल्पा, प्यूठान, अर्घाखाँची र मणिग्रामका एक एक जना बुबाआमा बस्दै आएका छन् ।

 

प्रकाशित: Jul 11, 2020| 18:24 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।