मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विश्व स्वास्थ्य संगठनले सर्टिफाइ गरेको एन ९५ मास्क रिचार्जर एपमा पाइने

विश्व स्वास्थ्य संगठनले सर्टिफाइ गरेको एन ९५ मास्क रिचार्जर एपमा पाइने

९५ प्रतिशतसम्म हावालाई पूर्ण रुपमा फिल्टर गर्न सक्ने उक्त मास्क कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि धेरै उपयोगी हुने विश्वास गरिन्छ । 
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

विश्व स्वास्थ्य संगठनले सर्टिफाइ गरेको एन ९५ मास्क नेपालमा पनि पाइने भएको छ । हालसम्म नेपालमा उपलब्ध नभएको उक्त मास्क मोबाइल एप रिचार्जरले नेपालमा भित्र्याएको हो ।

९५ प्रतिशतसम्म हावालाई पूर्ण रुपमा फिल्टर गर्न सक्ने उक्त मास्क कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि धेरै उपयोगी हुने विश्वास गरिन्छ ।
 
कोरोना संक्रमणको जोखिमका बिच नेपालमा नै पहिलो पटक रिचार्जरले विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको एन ९५ मास्क भित्र्याएको ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । 
 
साथै रिचार्जरले कार्यालय, होटल तथा रेष्टुरेण्टलाई लक्षित गर्दै गर्दै लेमन फ्लेवरको गूणस्तरीय एम एच आई ब्राण्डको थोक तथा खुद्रा बिक्री बितरण गर्न थालेको छ । नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रिचार्जरले एम एच आईका स्यानिटाइजरको बिक्री बितरण सुरु गरेको हो । 

अल्कोहलको गन्धयुक्त स्यानिटाइजरबाट आजित बनेको अवस्थालाई मध्यनजर गर्दै लेमन फ्लेवरको स्यानिटाइजर बजारमा उपलब्ध गराउन लागिएको ग्लाइडरले जानकारी दिए । प्रि बुकिङ गरेर मात्र यो स्यानिटाइजर खरिद गर्न सकिनेछ । 

ग्लाइडरका अनुसार अहिले बजारमा बिक्री बितरण भैरहेको के एन ९५ मास्क पनि रिचार्जरले ५० रुपैंयामा उपलब्ध गराउने छ । त्यसै गरी कोभिड प्रतिरोधात्मक भिटामिन सी युक्त डबल सी ब्राण्डको जुस एक सय रुपैयामा एउटा किन्दा एउटा सित्तैंमा उपलब्ध हुने ग्लाइडरले बताए । 

बरकम र एन एक्स २००० ब्राण्डका इन्फ्रारेड थर्मलगन ५० प्रतिशत छुटमा रिचार्जरमा किन्न सकिन्छ । 

रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटललगायत सबै क्षेत्रका लागि कोभिड प्रोटेक्टिभ प्रोडक्टहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आईरहेको छ । 

जतिको रिचार्ज गर्यो त्यति नै क्यास प्वाइन्ट पाइने रिचार्जरले असार मसान्तसम्म नयाँ प्रयोगकर्ताहरुलाई एप डाउनलोड गरेर खाता खोल्नेहरुलाई एक हजार क्यास प्वाइन्ट उपलब्ध गराउँदै आएको छ । 

यसका साथै बीमा, बिजुली, इन्टरनेट, टिभीलगायतका सेवाको महसुल भुक्तानी गर्दा पनि २० प्रतिशत क्यास प्वाइन्ट पाइन्छ । यसरी उपलब्ध हुने क्यास प्यान्टलाई रिचार्जरबाट सामान किन्दा रिडिम गरि छुटको रूपमा प्रयोग गर्न सकिन्छ ।

प्रकाशित: Jul 11, 2020| 18:03 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्