मंगलबार, भदौ ९, २०८३

प्रदेश १ मा १३ जना संक्रमित थपिए, ७ डिस्चार्ज

विराटनगर– प्रदेश १ मा शनिबार १३ जना कोरोना संक्रमित थपिएका छन् ।
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

विराटनगर– प्रदेश १ मा शनिबार १३ जना कोरोना संक्रमित थपिएका छन् ।

सुनसरी र उदयपुरमा ४–४, मोरंगमा ३ र झापामा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, उदयपुरको बेलकाका ४ पुरुष, मोरंगको विराटनगरका २ पुरुष, सुन्दरहरैचाका १ पूरुष र झापाको भद्रपुरका २ पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २१ पुगेको छ ।

प्रदेश १ मा शनिबार ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा, इलाम, मोरंगका २–२ र सुनसरीका १ जना डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेहरु असार १२ देखि १७ गते सम्म भर्ना भएकाहरु रहेको अस्पताल व्यवस्थापन समिति सदस्य ध्रुव उरावले जानकारी दिए ।

प्रकाशित: Jul 11, 2020| 17:59 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।