मंगलबार, भदौ ९, २०८३

विराटनगरमा ५३ औं संस्करणको रथयात्रा स्थगित

विराटनगर– राधाकृष्ण मन्दिर समिति विराटनगरले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकाल्दै आएको रथयात्राको ५३ औं संस्करण स्थगीत गरिएको छ ।
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

विराटनगर– राधाकृष्ण मन्दिर समिति विराटनगरले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकाल्दै आएको रथयात्राको ५३ औं संस्करण स्थगीत गरिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आगामी साउन २८ गतेको राधाकृष्ण रथयात्रा निकाल्न असमर्थ रहेको श्री राधाकृष्ण मन्दिर कार्यसमिति अध्यक्ष बाबुराजा ओझाले बताए । शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी मन्दिरले विश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार सामाजिक दूरी कायम गर्नु पर्ने र भीडभाड गर्ने अवस्था नभएकाले रथयात्रा आयोजना गर्ने अवस्था नभएको बताए ।

उनले भने, ‘साउन १५ देखिको झुलन महोत्सव र रथयात्रा आयोजना गर्न समर्थन रह्यौं ।’ मन्दिर समितिले झुलन महोत्सव आन्तरिक रुपमा सम्पन्न गर्ने जनाएको छ ।

वि.स. १९८८ सालदेखि खटयात्राका रुपमा शुरु भएको ऐतिहासिक जात्रा २०२५ सालदेखि राधाकृष्ण रथयात्राका रुपमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलीपल्ट विराटनगरमा निकालिने गरिएकोे थियो ।

हरेक वर्ष विराटनगर १ को राधाकृष्ण मन्दिरबाट सुरु भई मेनरोड हुँदै महेन्द्र चोक, धरान रोड, बरगाछीबाट पुनः मन्दिर परिसरसम्म ७ किलोमिटर दूरीमा रथयात्रा निकाल्ने गरिएको छ । रथयात्राको नेपाल र भारतका गरी ५ लाख बढी भक्तजनले प्रत्यक्ष अवलोकन, दर्शन र पूजापाठ गर्ने गरेको मन्दिर कार्यसमिति अध्यक्ष ओझाले बताए ।

 

प्रकाशित: Jul 11, 2020| 17:54 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।