मंगलबार, भदौ ९, २०८३

म्याग्दीमा १२ जनाको शव भेटियो, २३ अझै सम्पर्कविहीन

म्याग्दी– बिहिबार राती परेको अविरल वर्षाका कारण म्याग्दीमा ठूलो धनजनको क्षति भएको छ ।
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

म्याग्दी– बिहिबार राती परेको अविरल वर्षाका कारण म्याग्दीमा ठूलो धनजनको क्षति भएको छ ।

शनिबार बिहानसम्म म्याग्दीमा १२ जनाको शव भेटिएको म्याग्दीका प्रहरी नायव उपरिक्षक किरनजङ्ग कुँवरले जानकारी दिए । त्यस्तै २३ जना अझै वेपत्ता रहेको कुँवरले बताएका छन् ।

जिल्लाको धवलागिरी गाउँपालिका ६ मराङमा एक बालकसहित ९ जनाको शव भेटिएको प्रनाउ कुँवरको भनाइ छ । उनका अनुसार मराङमा एक सुत्केरी महिला सहित ८ जनालाई तत्काल उद्धार गर्नुपर्ने देखिएको छ भने ५ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । प्रनाउ कुँवरका अनुसार स्थानीय युवाहरुले ८ जनाको शव निकालेको र एक जना बालकको शव देखिएपनि निकाल्न सकिएको छैन।

प्रहरीको टोली मराङको घटना स्थल अझै पुग्न सकेको छैन भने मालिका गाउँपालिका ७ बिममा भने केही समयमा नेपाल प्रहरी र नेपाली सेना सहितको ५० जना सुरक्षाकर्मीको टोली घटना स्थल पुगेको उद्धारमा गएका प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार वेपत्ताको खोजी कार्य सुरु भइरहेको छ । वेपत्ता हुनेहरुमा धवलागिरी ६ मराङका १४ जना र मालिका गाउँपालिका ७ बिमका ९ जना रहेका छन् ।

धवलागिरी गाउँपालिका ७ ताकमको पहिरोमा परी ज्यान गुमाएका २ र रघुगंगा गाउँपालिकाको डाँडाखानीमा खोलाले बगाएको एक जनाको शव शुक्रबार नै फेला परेको थियो । सम्पर्क बिहिन हुनेमा धवलागिरीका १४ जना र जमालिका–७ बिमका ८ जना रहेका छन् ।

प्रकाशित: Jul 11, 2020| 17:50 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।