मंगलबार, भदौ ९, २०८३

गण्डकी प्रदेशमा १४ जनामा कोरोना पुष्टि

पोखरा– कास्कीका २ जनासहित गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि भएको छ ।
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

पोखरा– कास्कीका २ जनासहित गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ती जारी गर्दै शनिबार बिहान थप १४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

शनिबार संक्रमित पुष्टि हुने जिल्लामा तनहुँ, म्याग्दी, स्याङ्जा, बागलुङ र कास्कीका छन् । कास्कीका २, बागलुङमा ३, स्याङ्जामा ३, म्याग्दीमा २ र तनुहुँका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्वारेन्टिनमा रहेको संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११७६ पुगेको छ ।

प्रकाशित: Jul 11, 2020| 17:46 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।