मंगलबार, भदौ ९, २०८३

कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँका दुई र सिन्धुपाल्चोकका एकजना छन्।
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

काठमाडौं- कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँका दुई र सिन्धुपाल्चोकका एकजना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका–१० शंखमूलका ६० वर्षीय पुरुष र गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुष तथा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–६ का ४५ वर्षीय पुरुष छन्।

शंखमूलका संक्रमित फोक्सोमा पानी जमेको तथा मिर्गौला रोगका कारण यही असार १६ गते पाटन अस्पतालमा भर्ना भई उपचाररत थिए। उनमा असार १७ गते कोरोना ‘पोजेटिभ’ देखिएको थियो। उनको यही असार २६ गते मृत्यु भएको हो।

यस्तै गोकर्णेश्वर–४ का पुरुष मिर्गौला रोगका उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिए। उनको यही असार २५ गते मृत्यु भएको हो।

यसैगरी सिन्धुपाल्चोकको पाँचपोखरी–६ का संक्रमित क्षयरोगको उपचारका लागि यही असार १८ गते पाटन अस्पतालमा भर्ना भएका थिए। उनमा यही असार २२ गते कोरोना ‘पोजेटिभ’ देखिएको थियो।

उनको यही असार २५ गते मृत्यु भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ। रासस

प्रकाशित: Jul 11, 2020| 17:32 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।