काठमाडौं- तनहुँमा भारतबाट आएर क्वारेन्टिनमा बसेको चार दिनमा एक पुरुषको मृत्यु भएको छ।
तनहुँको भानु नगरपालिका–५ मैबलका ६६ वर्षीय पुरुषको मृत्यु भएको भानु नगरपालिका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार नगरपालिकाले बनाएको शारदा कलेजको क्वारेन्टिनमा बसेका पुरुषको उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भट्टराईले बताए।
दम, मधुमेह, उच्च रक्तचाप र प्यारालाइसिसको बिरामी रहेका उनलाई रोगले च्यापेर बेहोस भएपछि पोखरा लगिँदै थियो।
भट्टराईले मृतकमा कोरोना भाइरसको संक्रमण भए नभएको पुष्टि गर्न स्वाब संकलन गरिएको जानकारी दिए। रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने जनाइएको छ।
