काठमाडौं- काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।
उनीहरु काठमाडौं कुन ठाउँका हुन भन्ने खुलाइएको छैन।
