मंगलबार, भदौ ९, २०८३

कर्णालीमा ७ जना कोरोना संक्रमित थप, १८ जना डिस्चार्ज

कर्णाली प्रदेशमा आज ७ जना कोरोना संक्रमित थपिएका छन्।
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा आज ७ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल र पशुपन्क्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ३ र सल्यानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै रुकुमपश्चिमको चौजहारीमा गरिएको परीक्षणमा रुकुमका १ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ५९५ पुगेको छ।

त्यस्तै शनिबार नै कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट १८ जना डिस्चार्ज भएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना, सुर्खेतको चौकुने गाउँपालिकाको र पञ्चपुरी नगरपालिकाको आइसोसेलनबाट ५-५ जना, जाजरकोटको छेडागाड नगरपालिकाको आइसोलेसनबाट ३ जना र जिल्ला अस्पताल ४ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

हालसम्म डिस्चार्ज हुनेको संख्या एक हजार तीन सय ६५ पुगेको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

प्रकाशित: Jul 11, 2020| 16:30 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।