काठमाडौं- पछिल्लो २४ घण्टामा देशभरका विभिन्न जिल्लामा ७० जनामा कोरोना पुष्टि भएको छ।
योसहित हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १६ हजार ७१९ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न २५ वटा प्रयोगशालामा ३ हजार ६४८ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गरिएको छ।
देशभरका विभिन्न क्वारेन्टिनमा रहेकाको संख्या २४ हजार ९७ जना रहेको छ। त्यस्तै आइसोलेसनमा रहेका व्यक्तिको संख्या ८ हजार २३९ रहेको छ।
पछिल्लो २४ घण्टामा ४३१ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म डिस्चार्ज हुनेको संख्या ८ हजार ४४२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, सोलेखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला गरी ६ वटा जिल्लामा अहिले कोरोना संक्रमित मुक्त भएका छन्।
मन्त्रालयका अनुसार अहिलेसम्म देशभर काेराेना संक्रमणबाट ३८ जनाकाे मृत्यु भएकाे छ।
