मंगलबार, भदौ ९, २०८३

झरीका कारण काठमाडौंको फोहर व्यवस्थापनमा समस्या

पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकलाई फोहर व्यवस्थापन गर्न समस्या भएको छ।
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

काठमाडौं- पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकलाई फोहर व्यवस्थापन गर्न समस्या भएको छ।

अन्य समयमा भन्दा वर्षाको समयमा फोहर बढी उत्पादन हुने र समय–समयमा बाटो बिग्रने हुँदा समस्या भएको कामपाको भनाइ छ।

समस्या फोहर लानका लागि मात्रै होइन, व्यवस्थापनको पनि उत्तिकै छ। हाल फोहर व्यवस्थापन गरिरहेको स्थान सिसडोल भरिसकेकाले त्यस स्थानभन्दा केही तल भ्याली टुमा अहिले काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जन हुँदै आएको छ।

कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार यसअघिका वर्षमा पनि वर्षात्को समयमा समस्या हुने गरेको थियो। अहिले झन् सिसडोल भरिएकाले फोहर राख्ने स्थानको पनि अभाव भएको छ। विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर उक्त स्थानमा विसर्जन गरिर्दै आएको छ। जुन स्थान दुई वर्षको लागि लिएको थियो।

सिसडोलभन्दा दुई किलोमिटर पर एक हजार ७०० रोपनी जग्गा अधिग्रहण गरिसकेको भए पनि निर्माणको काम अघि बढ्न सकेको छैन। उक्त स्थान निर्माणका लागि करिब रु तीन अर्ब रकम र कम्तीमा दुई वर्षको समय लाग्ने अनुमान गरिएको छ।

यही असारदेखि फोहर उठाउने कार्य शुरु गर्ने भने पनि कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीले गर्दा निर्माणको धेरै काम अझै बाँकी छ। विभिन्न कारणले काम अघि नबढेपछि प्रत्येक वर्ष वर्षात्को समयमा फोहर विसर्जन कार्य समस्याको विषय बन्दै आएको छ।

उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। जसमा सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फोहर लगिने गरिएको छ। हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडीमा फोहर लगिने गरिएको छ।

वर्षाको समय आएपछि बाटो पहिराले पुर्ने र खाल्डो पर्ने हुँदा लामो समयसम्म पनि फोहर उपत्यकामा नै रहने समस्या कुनै नौलो भने होइन। उपत्यकाको १८ स्थानीय तहबाहेक नुवाकोट जिल्लाको ककनी गाउँपालिका र धादिङ जिल्लाको धुनिबेँसी नगर क्षेत्रको फोहर पनि ल्याण्डफिल साइटमा आउने गरेको छ। रासस

प्रकाशित: Jul 11, 2020| 14:45 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।