मंगलबार, भदौ ९, २०८३

बाढी-पहिरोपीडितकाे तत्काल पुनर्स्थापना गरिने

सरकारले बाढीपहिरो पीडितहरुको तत्काल पुनस्र्थापना गर्ने तयारी गरेको छ।
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

काठमाडौं- सरकारले बाढीपहिरो पीडितहरुको तत्काल पुनर्स्थापना गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले बाढीपहिरो पीडितको उद्धार, राहतका साथै तत्काल पुनर्स्थापनाको काम गर्ने निर्णय गरेको हो।

बाढीपहिरोबाट विस्थापित भएकालाई नजिकको विद्यालयमा राखिने तथा जोखिममा रहेका वस्तीलाई पनि स्थानान्तरण गर्नेगरी काम गर्ने सरकारको तयारी छ।

बिहीबार र शुक्रबार देशका विभिन्न जिल्लामा आएको बाढी पहिराले ठूलो जनधनको क्षति भएपछि शनिबार बिहान प्राधिकरणको बैठक बसेको थियो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख प्रतिपक्षी दलका नेता, मन्त्रीहरु तथा सरोकारवाला विभिन्न निकायका प्रतिनिधिहरु सहभागी भएका थिए।

बाढीपहिरोको प्रकोप बढी भएका ठाउँमा सचेतता अपनाउन आग्रह गरिनुका साथै जोखिम न्यूनिकरणका लागि विभिन्न काम गर्न मातहतका निकायलाई निर्देशनसमेत दिइएको छ।

दुई दिनयताको बाढी पहिरोले देशभर २३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन्।
त्यस्तै २६ जना भन्दा बढी घाइते भएका छन्।

प्रकाशित: Jul 11, 2020| 14:33 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।