अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको नयाँ रेकर्ड कायम भएको छ।
त्यहाँ शुक्रबार ६३ हजार ९०० जनामा कोरोना पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। यो अहिलेसम्म एक दिनमा संक्रमण पुष्टि भएको सर्वाधिक हो।
यसअघि अमेरिकामा एक दिनमा ६३ हजार दुई ४७ जनामा कोरोना पुष्टि भएको थियो।
विश्वविद्यालयका अनुसार अमेरिकामा अहिलेसम्म ३१ लाख ८१ ह्जार आठ सय ४६ जनामा कोरोना संक्रमण देखिसकेको छ। तीमध्ये एक लाख ३४ हजार ५९ जनाको ज्यान गइसकेको छ।
बीबीसी