काठमाडौं- गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये तनहुँमा चार, स्याङ्जा तथा बाग्लुङमा तीन/तीन र म्याग्दी तथा कास्कीमा दुई/दुई जना छन्।
पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या एक हजार १७६ पुगेको छ।
थपिएका संक्रमितलाई सम्बन्धित जिल्लाका आइसोलेसनमा लैजाने तयारी गरिएको विज्ञप्तिमा जनाइएको छ।
