मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केएमसी अस्पतालमा मृत्यु भएका बिरामीमा कोरोना पुष्टि

केएमसी अस्पतालमा मृत्यु भएका बिरामीमा कोरोना पुष्टि

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

काठमाडौं- काठमाडौं, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

उपचारका क्रममा गत बिहीबार मृत्यु भएका गोकर्णका ५४ वर्षीय पुरुषमा शुक्रबार कोरोना संक्रमण रिपोर्ट पोजेटिभ देखिएको अस्पतालले जनाएको छ। ती पुरुषको स्वाब नमुना गत आइतबार संकलन गरेर परीक्षणका लागि पठाइएको थियो।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ।

अस्पतालका अनुसार ती पुरुष मिर्गौलाको बिरामी थिए।

ती पुरुषको शव व्यवस्थापनका लागि नेपाली सेनाले लगिसकेको अस्पतालले जनाएको छ।

 

प्रकाशित: Jul 11, 2020| 10:25 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।