मंगलबार, भदौ ९, २०८३

म्याग्दी पहिरो : ११ जनाको शव भेटियो, २३ अझै बेपत्ता

अविरल वर्षासँगै म्याग्दीमा आएको पहिरोमा परि बेपत्ता भएका ३४ जनामध्ये ११ जनाको शव फेला परेको छ ।
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

म्याग्दी- अविरल वर्षासँगै म्याग्दीमा आएको पहिरोमा परि बेपत्ता भएका ३४ जनामध्ये ११ जनाको शव फेला परेको छ ।

धौलागिरी गाउँपालिका वडा नम्बर ६ का मराङमा १० जना र रघुगंगा गाउँपालिकाको ठाडाखानीमा १ जना गरी ११ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकहरुको पहिचान हुन सकेको छैन् ।

यस्तै पहिरोमा परेर अझै २३ जना बेपत्ता छन् । मराङको रिख, कल्लेनी, राम्चे, नाम्रुक, कम्दी बस्तीमा ११ जना, ताकममा ३ जना र मालिका गाउँपालिका–७, विमको दुलेमा ८ जना गरी २३ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरले जानकारी दिए ।

उनका अनुसार शुक्रबार मालिका गाउँपालिका केन्द्र दरवाङ पुगेको प्रहरी तथा सेनाको उद्धार टोली शनिबार विहान घटनास्थलतर्फ पैदल हिँडेको छ ।

बाढीपहिरोले ४३ घर पुरिएका छन । पहिरोमा के कति पशुचौपाया र धनसम्पत्तिको क्षति भयो यकिन विवरण संकलन भएको छैन ।

प्रकाशित: Jul 11, 2020| 08:19 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।