विश्वभर एकै दिनमा २ लाख २८ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। शुक्रबार एकै दिन विश्वभरमा २ लाख २८ हजार १०२ जना कोरोना संक्रमित थपिएका हुन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांक अनुसार एकै दिन कोरोना संक्रमित यति धेरै भेटिएको यो अहिलेसम्मकै सबैभन्दा धेरै हो।
यसअघि जुलाई ४ मा सबैभन्दा धेरै २ लाख ११ हजार ४२८ संक्रमित थपिएका थिए।
हालसम्म विश्वभर १ करोड २१ लाख २ हजार ३२८ जनामा कोरोना संक्रमण देखिइसकेको छ भने मृत्यु हुनेको संख्या ५ लाख ५१ हजार ४६ पुगेको छ।
