शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा कोरोनाको मृत्युदर २.७२ प्रतिशत, ६२.४२ प्रतिशत संक्रमणमुक्त

भारतमा कोरोनाको मृत्युदर २.७२ प्रतिशत, ६२.४२ प्रतिशत संक्रमणमुक्त

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये ६२.४२ प्रतिशत उपचारपछि निको भई घर फर्किएका छन् भने मृत्युदर २.७२ प्रतिशत छ।
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये ६२.४२ प्रतिशत उपचारपछि निको भई घर फर्किएका छन् भने मृत्युदर २.७२ प्रतिशत छ।

National life

१८ वटा राज्यमा संक्रमित निको हुनेको दर राष्ट्रिय दरभन्दा बढी रहेको बताइएको छ। ३० वटा राज्यमा भने कम छ।

भारतभर १ हजार २१८ वटा कोभिड–१९ विशेष अस्पताल, २ हजार ७०५ वटा कोभिड–१९ विशेष स्वास्थ्य केन्द्र र १० हजार ३०१ वटा सामान्य कोभिड उपचार केन्द्र स्थापना गरिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा विगत २४ घण्टामा २ लाख ८३ हजार ६५९ नमुनाको परीक्षण भएको छ। अहिलेसम्म त्यहाँ १ करोड १० लाख २४ हजारभन्दा बढीको कोभिड–१९ परीक्षण भएको छ।

भारतमा शुक्रबार साँझसम्म कोभिड–१९ बाट संक्रमण पुष्टि हुनेको संख्या ७ लाख ९८ हजार १६१ छ भने मृत्यु हुनेको संख्या २१ ह्जार ६५६ छ।

Laxmi sunrise bank
kumari

त्यस्तै निको भई घर फर्किनेको संख्या ४ लाख ९७ हजार ६९० छ। त्यहाँ अझै २ लाख ७८ हजार ८०० एक्टिभ केस छन्।

प्रकाशित: Jul 11, 2020| 07:05 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।