मंगलबार, भदौ ९, २०८३

आज पनि भारी वर्षाको सम्भावना, बाढीपहिरोबाट बचौँ

आज (शनिबार) पनि सातवटै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन सरकारले आग्रह गरेको छ।
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

आज (शनिबार) पनि सातवटै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन सरकारले आग्रह गरेको छ।

वर्षाका कारण नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएको भन्दै जल तथा मौसम विधान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो।

विभागले वर्षाका कारण सडक तथा हवाई सेवा पनि प्रभावित हुनसक्ने जनाएको छ। आज देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज काठमाडौंमा बिहानैबाट मौसममा बदली आएको छ भने उपत्यकाका अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ।

प्रकाशित: Jul 11, 2020| 07:00 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।