लायन्स क्लबले काठमाडौँको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको थियो, जसमा ४० पुरुष र ११ महिलाले रक्तदान गरेका थिए ।
रगत अभावको समाधान खोज्ने उद्देश्यले संक्रमणको जोखिमलाई विशेष ध्यान दिँदै सुरक्षित तरिकाले रक्तदान कार्यक्रम आयोजना गरेको लायन्स क्लबले जनाएको छ ।