मंगलबार, भदौ ९, २०८३

पहिरोका कारण जाजरकोटका दुई सय परिवारले घर छोडे

सुर्खेत– बाढीपहिरोका कारण जाजरकोटका झण्डै दुई सय परिवारले घर छोडेका छन् ।
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

सुर्खेत– बाढीपहिरोका कारण जाजरकोटका झण्डै दुई सय परिवारले घर छोडेका छन् ।

शुक्रबार बारेकोट गाउँपालिका वडा नं. ४ को सार्कीटोलमा पहिरो गएपछि आसपासका परिवारले घर छोडेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

डीएसपी किशोर श्रेष्ठका अनुसार वडा नं. ४ का तोलखान, मैना, जिरी, भैलोखानका स्थानीय घर छोडेर जंगलमा पाल टाँगेर बसेका छन् । वडा नं. ४ का रावलगीरी, ठाकुरगिरी र पातलगिरीका स्थानीय मात्रै घरमा बसेका छन् ।

बिहीबार राति आएको पहिरोले सार्कीटोलमा १२ जनासहित दुईवटा घर बगाएको थियो । पहिरोमा परेकामध्ये शुक्रबार साँझसम्म सात जनाको शव निकालिएको थियो । जसमध्ये गोपाल सार्की, अर्जुन सार्की, तिर्खा सार्की र कुशे गाउँपालिका–९ चौराटाका डिल्ली सार्की, वीरेन्द्र सार्कीको मात्रै पहिचान खुलेको छ ।

बाँकी दुई जनाको क्षतविक्षत भएका कारण शव पहिचान हुन सकेको छैन । त्यस्तै सोही घटनामा पुष्पा सार्की, लक्ष्मी सार्की, कलु सार्की, छोरी कमला सार्की, सुभाष सार्की, गौरी सार्की र कविता सार्की बेपत्ता छन् ।

वडा नं. ४ बारेकोट गाउँपालिकाको सबैभन्दा ठूलो वडा हो । जाजरकोट सदरमुकाम खलंगादेखि घटनास्थल पुग्न झण्डै दुई दिन पैदल हिँड्नुपर्छ । बिहीबार पहिरो गएको स्थान जुम्ला र डोल्पाको सिमानामा पर्छ ।

घटनापछि उद्धारका लागि रामीडाँडा इलाका प्रहरी कार्यालय, लिम्सा प्रहरी चौक, सिलिङ्गी प्रहरी चौकी र सेपुखोला प्रहरीचौकीबाट प्रहरी खटिएको थियो । दल्ली इलाका प्रहरी कार्यालय र जिल्लाबाट खटिएको नेपाली सेना टोली २० घण्टासम्म घटनास्थल पुग्न सकेको थिएन ।

यस्तै बारेकोट–६ धुमा आएको बाढीमा परी २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने पनि बेपत्ता भएका छन् । सोही घटनामा घाइते रामचन्द्र चलाउने र विज्ञान बोहरालाई स्थानीयले उद्धार गरेका थिए । शुक्रबार जाजरकोटमा दिनभरी पानी परेका कारण घाइतेको उद्धार हुन सकेको थिएन ।

प्रकाशित: Jul 11, 2020| 06:03 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।