मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री भन्छन्-  मेरो ध्यान आमनागरिकको जीवनरक्षामा केन्द्रित छ

प्रधानमन्त्री भन्छन्-  मेरो ध्यान आमनागरिकको जीवनरक्षामा केन्द्रित छ

प्रधानमन्त्री केपी ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै संघीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिएको र प्रभावितलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको बताएका हुन्।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

काठमाडाैं- सरकारले बाढी तथा पहिरोबाट प्रभावितहरुको उद्धारमा आवश्यक सुरक्षाकर्मी परिचालित गरिसकेको जनाएको छ।

प्रधानमन्त्री केपी ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै संघीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिएको र प्रभावितलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको बताएका हुन्।

उनले असुरक्षित बसोबासका स्थानहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा विपद् न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने जस्ता कार्यक्रम पनि सँगसँगै भइरहेको बताए।

जोखिम मोलेर सेना, प्रहरी, कर्मचारी तथा सिंगो सरकारी संयन्त्र र सम्बद्ध निकायहरु बाढी पहिरो सुरु भएदेखि नै तत्परताका साथ उद्धार र सहयोग कार्यमा जुट्दै आएको प्रधानमन्त्रीले बताए।

उनले भने, 'यतिबेला मेरो ध्यान आमनागरिकको जीवनरक्षामा केन्द्रित छ। हामीले महामारी र प्राकृतिक विपत्तिप्रति खेलवाड गरेर महाविपत्ति निम्त्याउन किमार्थ पनि मिल्दैन।' 

उनले सरकारका तीनवटै तह, जनप्रतिनिधि, राजनीतिक नेता, कार्यकर्ताहरु एकजुट भएर सम्भव सबै प्रकारका उद्धार, सहयोग र तत्काल उपचारको कामलाई प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले भने, 'म यहाँहरु सबैलाई सम्बन्धित स्थानमा उद्दार कार्यमा जुट्न र आफ्ना दाजुभाइ दिदीबहिनीहरुको सहयोगमा केन्द्रीत हुन विशेष आह्वान गर्न चाहन्छु।'

प्रधानमन्त्रीले देशका ११ जिल्ला बाढीपहिरोबाट प्रभावित भएकाे बताए। उनका अनुसार हालसम्म पर्वत, बझाङ, गुल्मी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र दोलखा गरी आठ जिल्लामा पहिरोले क्षति पुर्याएको छ।

यस्तै सिन्धुपाल्चोक, तनहुँ र म्याग्दी तीन जिल्लाले भीषण बाढी र पहिरोका कारण क्षति व्यहोर्नुपरेको प्रधानमन्त्रीले बताए। उनले भने, 'यस क्रममा ३५ जनाले ज्यानै गुमाउनुपरेको छ, ३२ जना घाइते भएका छन् र ३४ जना अझै बेपत्ता छन्। एक सय घर क्षतिग्रस्त बनेका छन्, ३०१ परिवार विस्थापित हुनुपरेको छ।'

उनले देशका विभिन्न भागमा अविरल बर्षाका कारण आएको बाढी र पहिरोले पुर्याएको क्षतिको जानकारीले आफूलाई स्तब्ध र दुःखित तुल्याएको  बताए। प्रधानमन्त्रीले बाढीपहिरोमा असमयमै जीवन गुमेका नेपालीप्रति दुःख व्यक्त गरेका छन्। उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडित परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

प्रकाशित: Jul 10, 2020| 22:30 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।