मंगलबार, भदौ ९, २०८३

कोरोना भाइरसको संंक्रमण भएका विश्वका ठूला नेता

सर्वसाधारणमा मात्रै होइन विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र ठूला नेतामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

काठमाडौं– सर्वसाधारणमा मात्रै होइन विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र ठूला नेतामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यसमध्ये केही नेताहरुको विवरण यहाँ प्रस्तुत गरिएको छ।

ब्राजिल

कोरोना भाइरसबाट अत्याधिक प्रभावित विश्वको दोस्रो देश हो– ब्राजिल। राष्ट्रपति जायर बोल्सनारोले कोरोना भाइरसलाई सधैं बेवास्ता गरेको देखाए। तर, उनैलाई केही दिनअघि कोरोना संक्रमण भएको छ।

बोल्सनारो आफैंले कोरोना भाइरस संंक्रमणको पुष्टि गरे। उनी मास्क लगाएर पत्रकारका सामुन्ने प्रस्तुत समेत भए।

बोलिभिया

अन्तरिम राष्ट्रपति जिनिन एन्ज पनि कोरोना भाइरसबाट संक्रमित भएकी छन्। उनी आफैंले संक्रमणको पुष्टि गर्दै केही दिन आइसोलेसनमा रहने बताएकी छन्।

 

बेलायत

राजकुमार चार्ल्स

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन पनि कोरोनाबाट संक्रमित भएका थिए। सुरुमा घरमै रहेर उपचार गराएका उनको अवस्था गम्भीर भएपछि अस्पताल लगिएको थियो। अहिले उनी स्वस्थ्य भएर नियमित काममा फर्किसकेका छन्।

बेलायतका राजकुमार चार्ल्स पनि कोरोना भाइरसको संक्रमणमा परे। यद्यपि, उनमा कोरोनाको हल्का लक्षणमात्र थियो। आइसोलेसनमा रहेरै उनी कोरोनामुक्त भइसकेका छन्।

स्वास्थ्य मन्त्री म्याट ह्यानकक।

 

बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले ट्विटर मार्फत आफूलाई संक्रमण भएको पुष्टि गरेका थिए। केही साता घरमै आराम गरेपछि उनी पनि संक्रमणमुक्त भइसकेका छन्।

रुस

रुसका प्रधानमन्त्री मिखाएल मिसुस्तिनमा करिब दुई महिनाअघि कोरोना भाइरस पुष्टि भएको थियो।

उनले आफुलाई कोरोनाभाइरसको सङ्क्रमण भएको भन्दै गत अप्रिल ३० मा नियमित जिम्मेवारीमा उपस्थित हुन नसक्ने जानकारी दिएका थिए।

मिशुस्तिन बिरामी भएपछि उपप्रधानमन्त्री एन्ड्रे बेलोउसोभले कार्यवहाक प्रधानमन्त्रीका रूपमा काम गर्दै आएका थिए। अहिले मिखाएल मिसुस्तिन स्वस्थ भएर काममा फर्किसकेका छन्।

फ्रान्स

फ्रान्सका संस्कृति मन्त्री फ्रान्क रिस्टरलाई पनि कोरोनाको संक्रमण भएको थियो। केही समय आइसोलेसनमा बसेपछि ४६ वर्षीय यि नेता पनि संक्रमणमुक्त भइसकेका छन्।

अष्ट्रेलिया

गृहमन्त्री पिटर डुट्टोन पनि कोरोना भाइरसबाट संंक्रमित भएपछि अस्पताल भर्ना भएका थिए। क्विन्सल्याण्डस्थित अस्पतालमा उपचारपछि उनी स्वस्थ भइसकेका छन्।

इजरायल

स्वास्थ्यमन्त्री याकोव लित्जमानलाई कोरोना भाइरसको संक्रमण भएसँगै उनकी श्रीमती पनि भाइरसको चपेटामा परेकी थिइन्।

पाकिस्तान

पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरेशी पनि कोरोना भाइरसबाट संंक्रमित भएका छन्। उनले गत साता मात्रै ट्विटरमार्फत आफू संक्रमित भएको जानकारी दिएका थिए। कुरेशी अहिले आइसोलेसनमा रहेर स्वास्थ्य लाभ गरिरहेका छन्।

 

प्रकाशित: Jul 10, 2020| 17:45 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।