मंगलबार, भदौ ९, २०८३

सातै प्रदेशमा शुल्क तिरेर कोरोना परीक्षण गर्न पाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क तिरेर कोरोना परीक्षण गर्न पाउनेगरी सबै प्रदेशमा प्रयोगशाला तोकेको छ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क तिरेर कोरोना परीक्षण गर्न पाउनेगरी सबै प्रदेशमा प्रयोगशाला तोकेको छ।

मन्त्रालयले तोकेको निर्देशिका भन्दा बाहेकका नमुना परीक्षणका लागि यसअघि काठमाडौं उपत्यकाका तीन वटा प्रयोगशाला तोकिएकोमा अहिले सातै प्रदेशमा शुल्क तिरेर परीक्षण गर्न पाउनेगरी प्रयोगशाला तोकिएको मन्त्रालयले जनाएको छ।

हालसम्म उपत्यकाका त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र वीर अस्पतालमा शुल्क तिरेर परीक्षण गर्न पाउने व्यवस्था थियो।

बिहीबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहितको बैठकले सातै प्रदेशमा परीक्षण गर्न पाइने निर्णय गरेको हो ।

प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिममा प्रादेशिक प्रयोगशाला धनगढीमा परीक्षण गर्न पाइने व्यवस्था गरिएको छ ।

परीक्षणको दायरामा नपरेका तर कोरोना परीक्षण गर्न चाहेका व्यक्तिहरुले अब सरकारले तोकेका यी प्रयोगशालाहरुबाट ५ हजार ५०० रुपैयाँ तिरेर कोरोना परीक्षण गर्न सक्नेछन् ।

 

प्रकाशित: Jul 10, 2020| 17:05 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।