मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ६ जिल्ला कोरोना संक्रमणमुक्त, ६ वटै जिल्लामा ५ सयभन्दा बढी संक्रमित

६ जिल्ला कोरोना संक्रमणमुक्त, ६ वटै जिल्लामा ५ सयभन्दा बढी संक्रमित

६ वटा जिल्ला कोरोना भाइरसको संक्रमणमुक्त भएका छन्। अर्थात् यी जिल्लामा अहिले एक जना पनि कोरोना संक्रमित छैनन्।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

६ वटा जिल्ला कोरोना भाइरसको संक्रमणमुक्त भएका छन्। अर्थात् यी जिल्लामा अहिले एक जना पनि कोरोना संक्रमित छैनन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणमुक्त जिल्लाहरुमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ र हुम्ला छन्।

यसैगरी ६ वटा जिल्लामा ५ सयभन्दा बढी संक्रमित छन्। ती जिल्ला हुन्– महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा छन्।

आज (शुक्रबार) कोरोना भाइरसका ११८ जना संक्रमित थपिए।

पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा ४ हजार ८०६ जनाको पीसीआर परीक्षण भएकोमा ११८ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै कोरोना संक्रमितको कुल संख्या १६ हजार ६४९ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२० जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ८ हजार ११ पुगेको छ। यो संख्या कुल संक्रमितको ४८.१ प्रतिशत हो ।

आजको दिनमा देशभरका क्वारेन्टिनमा २३ हजार ९१० जना र आइसोलेसनमा ८ हजार ६०३ जना छन्।

काठमाडौं उपत्यकामा शुक्रबार ४२ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८, भक्तपुरमा १ र ललितपुरमा १३ जनामा संक्रमण पुष्टि भएको हो।

 

प्रकाशित: Jul 10, 2020| 16:36 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।