काठमाडाैं- काठमाडौं उपत्यकामा शुक्रबार ४२ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८, भक्तपुरमा १ र ललितपुरमा १३ जनामा संक्रमण पुष्टि भएको हो।
आज (शुक्रबार) कोरोना भाइरसका ११८ जना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा ४ हजार ८०६ जनाको पीसीआर परीक्षण भएकोमा ११८ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै कोरोना संक्रमितको कुल संख्या १६ हजार ६४९ पुगेको छ।
पछिल्लो २४ घण्टामा १२० जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ८ हजार ११ पुगेको छ। यो संख्या कुल संक्रमितको ४८.१ प्रतिशत हो ।
आजको दिनमा देशभरका क्वारेन्टिनमा २३ हजार ९१० जना र आइसोलेसनमा ८ हजार ६०३ जना छन्।
