मंगलबार, भदौ ९, २०८३

कोरोना संक्रमित गर्भवतीले स्वस्थ शिशु जन्माइन्

कोरोना भाइरस संक्रमण भएर उपचारका क्रममा रहेकी गर्भवतीले स्वस्थ शिशु जन्माएकी छन्।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

कोरोना भाइरस संक्रमण भएर उपचारका क्रममा रहेकी गर्भवतीले स्वस्थ शिशु जन्माएकी छन्।

अछाम अस्पतालको आइसोलेसनमा रहेकी मेल्लेख गाउँपालिका–४ कुष्कोटकी २५ वर्षीया कोरोना संक्रमित महिलाले अस्पतालमै बच्चा जन्माएकी हुन्।

सुत्केरीका पति पनि कोरोना संक्रमित भएर उपचारका क्रममा सोही अस्पतालको आइसोलेसन कक्षमा छन् ।

महिलाले सामान्य रुपमै बच्चालाई जन्म दिएको अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डाक्टर मनोज विष्टले जानकारी दिए।

कोरोना संक्रमण हुने डरले आमा र बच्चालाई दूध चुसाउने समयबाहेक अलग्गै राखिएको अस्पतालले जनाएको छ। ‘दूध चुसाउने बेलामा सुत्केरीले स्तन राम्रोसँग धुने, मास्क र पञ्जा लगाउने गरिएको छ,’ विष्टले भने,‘ आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य भए पनि उच्च निगरानीमा राखिएको छ।’

नवजात शिशुमा कोरोना संक्रमण भए नभएको जाँच्न केही दिनमा थ्रोट स्वाब परीक्षणका लागि पठाउने अस्पतालले जनाएको छ।

गर्भवती असार ४ गतेबाट अछाम अस्पतालको आइसोलेसन कक्षमा थिइन्। संक्रमित दम्पती भारतबाट आएर वडाकै क्वारेन्टिनमा बसेपछि थ्रोट स्वाब परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो।

प्रकाशित: Jul 10, 2020| 15:54 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।