मंगलबार, चैत ५, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • सर्पदंशका मृतकको शवसहित सिम्रौनगढमा चौथो दिन पनि प्रदर्शन, नगरपालिका र अस्पताल ठप्प

सर्पदंशका मृतकको शवसहित सिम्रौनगढमा चौथो दिन पनि प्रदर्शन, नगरपालिका र अस्पताल ठप्प

अस्पतालका दोषी कर्मचारीलाई कारबाही तथा मृतक बालकको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलनलाई निरन्तरता दिएका हुन्।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

बारा- सर्पदंशको उपचारमा अस्पताल गम्भीर नबन्दा बालकको निधन भएको आरोप लगाउँदै बाराको सिम्रौनगढमा भइरहेको आन्दोलनले चौथो दिन पनि निरन्तर पायो। नगर अस्पतालकै लापरबाहीले बालकको निधन भएको आरोप लगाउँदै आफन्तसहितका स्थानीयले बालकको शवसहित आन्दोलन जारी राखेका हुन्। 

health

आन्दोलनरत पक्षले अस्पतालका दोषी कर्मचारीलाई कारबाही तथा मृतक बालकको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलनलाई निरन्तरता दिएका हुन्। ४ दिन अघि मृत्यु भएका ती बालकको शवबाट दुर्गन्ध आउन थालिसकेको अवस्थामा बिहीबार पोष्टमार्टमका लागि कलैया अस्पताल लगेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ। प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्ट आएपछि बाँकीको अवस्थाबारे भन्न सकिने छ।  

सिमौनगढ नगरपालिका-२ मैवाहिका सुमोद साहका १६ महिने छोरालाई आइतबार राती १ बजेको समयमा घरमै सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो। त्यसलगत्तै बालकलाई नगर अस्पताल पुर्‍याउँदा अस्पतालका कर्मचारीले चिकित्सक र औषधि दुवै नभएको बताउँदै भर्ना लिन नमानेको बालकका बुबा सुमोदको भनाइ छ। समयमा उपचार नपाएर आफ्नो छोराले मृत्युवरण गर्नु परेको भन्दै सुमोदले नगर अस्पतालकै लापरवाहीले गर्दा यस्तो भवितव्य सहन बाध्य भएको भन्दै आक्रोश पोखे। 

उता अस्पताल प्रशासनले भने बालकको अवस्था नाजुक रहेकाले उपचार सम्भव नदेखेर अन्यत्रै रिफर गरेको र लैजाने क्रममा बाटोमै मृत्यु भएकोले अस्पतालको दोष नभएको दाबी गरेको छ। 

आन्दोलनकै बिचमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरु माथि कुटपिट भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै नगरपालिकाका कर्मचारीहरुले समेत नगरको सबै काम ठप्प पारेका छन्।

४ दिनदेखि जारी स्थानीय तथा कर्मचारीहरुको आन्दोलनका कारण सिमौनगढ नगरपालीका तथा नगर अस्पतालको सम्पूर्ण कामकाज ठप्प हुँदा सेवाग्राहिहरु मर्कामा परेका छन्। दुवै कार्यालयहरुबाट सामान्य काम पनि नहुँदा स्थानियले समस्या समाधानका लागी प्रशासनलाई आग्रह गरेका छन्। दुवै पक्ष राखेर छानबिन समिति बनाई कर्मचारी र स्थानिय दुबैको समस्या समाधान गर्नुपर्ने राजनैतिक दलहरुको पनि भनाइ छ। तर आन्दोलन मत्थर गर्न सम्बन्धितको निकायले अहिलेसम्मको प्रयास भने असफल देखिएको छ।

प्रकाशित: Sep 16, 2021| 22:10 बिहीबार, भदौ ३१, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।