मंगलबार, चैत ५, २०८१

निजगढमा गाँजासहित ५ जना पक्राउ

निजगढमा गाँजासहित पाँच जना पक्राउ परेका छन्। प्रहरीले निजगढ नगरपालिका वडा नम्बर-११ स्थित तामागढी सडक खण्डबाट उनीहरुलाई पक्राउ गरेको हो।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

पर्सा- निजगढमा गाँजासहित पाँच जना पक्राउ परेका छन्। प्रहरीले निजगढ नगरपालिका वडा नम्बर-११ स्थित तामागढी सडक खण्डबाट उनीहरुलाई पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका ११ रतनपुर तामागढी सडकखण्डस्थित जंगलबाट २ जनालाई र कलैया उपमहानगरपालिका वडा नम्बर १६ उत्तरझिटकैयामा रहेको चिनि मिल नजिकै गाँजा किन्‍न तयार रहेका तीन जना गरी ५ जनालाई बिहीआार पक्राउ गरेको हो। 

health

रतनपुर तामागढी सडकखण्डमा गाँजा ओसारपसार तथा खरिद-बिक्रि भइरहेको विशेष सूचना पाए लगतै इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक शंकर प्रसाद चोधरीको कमाण्डमा खटिएको प्रहरीले रतनपुरबाट पूर्वपश्चिम राजमार्गतर्फ जाँदै गरेको प्रदेश–२–०३–००४ प ८४४९ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकलका चालक जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवाका ३७ वर्षीय ठाडा बहादुर दर्लामी मगर र मोटरसाईकलमा सवार निजगढ नगरपालिका वडा नम्बर १२ रामथलीका २६ वर्षीय बुद्घिलाल पाख्रिनले पिठ्युमा बोकेको कालो रङको झोला खानतलासी गर्दा ५ किलो गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले जानकारी दिए। 

यस्तै कलैया उपमहानगरपालिका वडा नम्बर १६ उत्तरझिट्रकैयामा रहेको चिनि मिल नजिकै गाँजा किन्न बसेका थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गाँजासहित पक्राउ परेका मगर र पाख्रिनलाई प्रहरीले सोधपुछ गर्दा उनीहरुले कलैया उपमहानगरपालिका वडा नम्बर १६ उत्तरझिट्रकैयामा स्थित चिनि मिल नजिकै गाँजा पुर्‍याउन जानलागेको बताएपछि मगर र पाख्रिनलाई साथमै लिएर प्रहरी उत्तरझिट्रकैया पुगेको थियो। 

यसरी गएको प्रहरी टोलीले गाँजा किन्‍न तयार बसेका महरा र उनका साथीलाईसमेत पक्राउ गरेको हो। प्रहरीले उनीहरुबाट गाँजा किन्न ठिक पारिएको नगद रु पाँच हजारसमेत बरामद गरेको छ। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर १६ उत्तरझिट्रकैयाका ३९ वर्षीय श्रीलाल महरा, सोही ठाउँका २४ वर्षीय नवल किशोर राम र प्रसौनी गाँउपालिका वडा नम्बर ७ का ३८ वर्षीय हरिन्द्र महरा चमार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 16, 2021| 22:05 बिहीबार, भदौ ३१, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।