मंगलबार, भदौ ९, २०८३

जम्मु कश्मीरमा अर्का गोर्खा सैनिकको मृत्यु

भारतको जम्मु–कश्मीरमा अर्का एक नेपाली गोर्खा सैनिकको ज्यान गएको छ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

काठमाडौं- भारतको जम्मु–कश्मीरमा अर्का एक नेपाली गोर्खा सैनिकको ज्यान गएको छ।

लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार सबेरै भएको गोली हानाहानमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो।

पाकिस्तानी तर्फबाट युद्धविराम उल्लंघन गर्दै बिहान करिब एक बजेतिर भएको गोलाबारीमा परेर जम्मु–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका हवलदार सम्बर गुरुङको मृत्यु भएको भारतीय सेनाले जनाएको छ।

गोली हानाहानमा घाइते गुरुङको उपचारका मृत्यु भएको भारतीय सेनाका जम्मु कमान्डका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्दरले बताए।

गुरुङको घर गुल्मी रहेको खुलेको छ। एक महिना अवधिमा भारतीय सीमा सुरक्षामा नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो। यसअघि असार ८ गते जम्मु–कश्मीरमै गुल्मीकै हबल्दार दीपक कार्कीको मृत्यु भएको थियो।

प्रकाशित: Jul 10, 2020| 12:29 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।