मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जिमी ग्रुपविरुद्ध १८ करोडभन्दा बढी रुपैयाँ कर छलीको मुद्दा दायर

जिमी ग्रुपविरुद्ध १८ करोडभन्दा बढी रुपैयाँ कर छलीको मुद्दा दायर

जिमी ग्रुप प्रालिविरुद्ध १८ करोडभन्दा बढी रुपैयाँ कर छलीको आरोपमा मुद्दा दर्ता गरिएको छ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

काठमाडौं- जिमी ग्रुप प्रालिविरुद्ध १८ करोडभन्दा बढी रुपैयाँ कर छलीको आरोपमा मुद्दा दर्ता गरिएको छ।

राजस्व अनुसन्धान विभागले ग्रुपविरुद्ध १८ करोड ३३ लाख २२ हजार सात सय ९६ रुपैयाँ कर छली गरेको अभियोगमा पाटनस्थित उच्च अदालतमा मुद्दा दर्ता गरेको हो।

सुशील थापा अध्यक्ष रहेको ग्रुपले नक्कली भ्याट बिलको प्रयोग गरेर कर छलेको विभागको दाबी छ। ग्रुपको स्थायी लेखा नम्बर ६०३५७१०४८ ले कर छली गरेको विभागको विज्ञप्तिमा उल्लेख छ।

आयोगले ग्रुपविरुद्ध बिगो रकम असुलउपर गरी त्यसको दोब्बर जरिवाना र कैद सजाय गर्न माग गरेको छ।

ग्रुपले मुअ करतर्फ पाँच करोड ९७ लाख ९९ हजार ८ सय २५, आयकर तर्फ १० करोड ७९ लाख १९ हजार १ सय १५ र लाभांश करतर्फ १ करोड ५६ लाख तीन हजार ८ सय ५६ राजस्व चुहावट गरेको विभागले ठहर गरेको छ।

ग्रुपका अध्यक्ष थापा नयाँ पत्रिका दैनिकका कार्यकारी निर्देशक पनि हुन्।

प्रकाशित: Jul 10, 2020| 12:17 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।