मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जाजरकोटमा पहिरोमा पुरिएर बेपत्ता भएका १२ जनाको पहिचान (अपडेट)

जाजरकोटमा पहिरोमा पुरिएर बेपत्ता भएका १२ जनाको पहिचान (अपडेट)

जाजरकोटको बारेकोट गाउँपालिका–४ बोहोराजिरीमा पहिरोमा पुरिएर बेपत्ता हुनेको पहिचान भएको छ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

सुर्खेत– जाजरकोटको बारेकोट गाउँपालिका–४ बोहोराजिरीमा पहिरोमा पुरिएर बेपत्ता हुनेको पहिचान भएको छ। बोहोराजिरीको सार्कीटोलका ८ जना पहिरोमा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

डीएसपी किशोर श्रेष्ठका अनुसार बेपत्ता हुनेमा सार्कीटोलका गोपाल सार्की, पुष्पा सार्की, लक्ष्मी सार्की र अर्जुन सार्की छन्। यस्तै कालु सार्की, तिर्खा सार्की, कमला सार्की र सुभास सार्की पहिरोमा पुरिएर बेपत्ता भएको उनले बताए।

कुशे गाउँपालिका–९ चौताराका ४ जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार बेपत्ता हुनेमा डिल्ली सार्की, गौरी सार्की, कविता सार्की
र वीरेन्द्र सार्की छन्। उनीहरूको उद्धारका लागि प्रहरी टोली त्यसतर्फ खटिएको छ।

जाजरकोटमा पहिरोले घर बगाउँदा १२ जना बेपत्ता

प्रकाशित: Jul 10, 2020| 11:53 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।